काठमाडौं । कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ ।
नागपञ्चमीका अवसरमा प्रदेश सकरारले आज सार्वजनिक बिदा दिएको हो ।
‘साउन २५ गते शुक्रवार नागपञ्चमी (श्रावण शुक्ल पञ्चमी) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ मन्त्रालयले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ ।
Leave a Reply