Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • अर्थमन्त्री पौडेलको निर्देशन – प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्नू

    अर्थमन्त्री पौडेलको निर्देशन – प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्नू

    अनलाइन नेपाल
  • बिहिबार, २४ साउन २०८१
  • 231
    SHARES

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाको प्राथमिकता निर्धारण गरेर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

    मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग बिहीबार अर्थ मन्त्रालयमा भएको छुट्टा–छुट्टै छलफलमा अर्थमन्त्री पौडेलले सो निर्देशन दिएका हुन् ।



    उनले सम्बन्धित राष्ट्रिय गौरवका आयोजना र अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनालाई उच्च प्राथमिकता दिएर बजेट कार्यान्वयन गर्न निर्देशन दिए ।



    यसैगरी राम्रो प्रतिफल दिने, सङ्घीय सरकारको कार्यक्षेत्र अन्तर्गतका र निर्माणाधीन आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिँदै उनले अध्ययन गरेर प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गर्दा स्रोत साधनको सही सदुपयोग हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार