Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • मेनपावार सञ्चालकविरुद्ध ६० करोडको ठगी मुद्दा

    मेनपावार सञ्चालकविरुद्ध ६० करोडको ठगी मुद्दा

    अनलाइन नेपाल
  • बिहिबार, २४ साउन २०८१
  • 537
    SHARES

    काठमाडौं । मेनपावरका सञ्चालकविरुद्ध ६० करोडको ठगी मुद्दा दायर भएको छ ।

    व्यवसायिक साझेदारलाई नै ठगी गरेको आरोपमा रोयल इन्टरनेशनल ओभरसिज प्रालिका सञ्चालकहरु सुशील केसी र जनकलाल बास्तोलाविरुद्ध आपराधिक लाभ मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर भएको हो ।



    उनीहरुले साझेदार उज्जल महर्जनलाई ठगी गरेको जाहेरी परेको छ ।



    तीन हजार १६ जनालाई प्रतिव्यक्ति दुई लाखका दरले पैसा लिई विदेश पठाई ६० लाख ३२ हजार असुलेर फरार भएको अभियोग लागेको छ ।

    पीडित भनिएका महर्जन सो कम्पनीमा ४० प्रतिशत शेयर साझेदार थिए। कम्पनी भने केसी र बास्तोलाले चलाउँदै आएका थिए ।

    पछि हिसाब माग्दा उनीहरु सम्पर्कविहिन भएपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । तर, प्रहरीले पक्राउ नगरी मुद्दा दायर गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार