Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • शेख हसिनालाई बेलायतले शरण नदिने, अन्यत्र विकल्प खोज्न सुझाव

    शेख हसिनालाई बेलायतले शरण नदिने, अन्यत्र विकल्प खोज्न सुझाव

    अनलाइन नेपाल
  • बिहिबार, २४ साउन २०८१
  • 1.7K
    SHARES

    काठमाडौँ । आरक्षणविरोधी आन्दोलनका कारण भारत पलायन भएकी बङ्गलादेशका निवर्तमान प्रधानमन्त्री सेख हसिना वाजेदले बेलायतमा शरण नपाउने भएकी छन् ।

    बङ्गलादेशको चर्को आन्दोलन थेग्न नसकेपछि भारत पलायन भएकी हसिनाले बेलायतमा शरण दिनका लागि अपिल गरेकी थिइन् ।



    तर उनको अपिलप्रति बेवास्ता जनाउँदै बेलायत सरकारले शरणका लागि अन्यत्र विकल्प खोज्न सुझाएको हो ।



    बङ्गलादेशमा उत्पन्न हिंसात्मक परिस्थितिको जिम्मेवार कुनै न कुनै रूपमा हसिना भएको लक्षित गर्दै भविष्यमा हुने अनुसन्धानका कारण बेलायतमा अपेक्षित सुरक्षा प्रदान गर्न नसकिने बेलायतको विदेश मन्त्रालयले प्रस्ट पारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार