Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • फेक अकाउण्ट बनाएर चरित्र हत्या गर्ने महिला पक्राउ

    फेक अकाउण्ट बनाएर चरित्र हत्या गर्ने महिला पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 357
    SHARES

    काठमाडौं । सामाजिक सञ्जालमा फेक अकाउण्ट बनाएर महिलाको चरित्र हत्या गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१० कपन बस्ने २३ वर्षीया सुस्मिता थारु रहेकी छन् ।



    सामाजिक सञ्जालबाट पीडित युवतीको फोटो डाउनलोड गरी कल गर्ल नामको फेक अकाउण्ट बनाई मानसिक तनाव दिएको र चरित्र हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले थारुलाई पक्राउ गरेको हो ।



    उनलाई काठमाडौं जिल्ला अदातलबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार