Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँच जनाको शव काठमाडौं ल्याइँदै

    डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँच जनाको शव काठमाडौं ल्याइँदै

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 297
    SHARES

    काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव काठमाडौं ल्याउने तयारी भएको छ ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन लागिएको हो ।



    पाँचै जनाको शव काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ।



    दुर्घटनामा परेर हेलिकप्टरका पाइलट अरुण मल्ल तथा चिनियाँ नागरिकहरू जुताद ताङ, जी ली, यियाद ऊ र जेमिङ सीको मृत्यु भएको थियो ।

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बुधवार दिउँसो १ बजेर ५४ मिनेटमा उडेको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो।

    बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार