Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: क्याप्टेनसहित चार विदेशी नागरिकको मृत्यु

    एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: क्याप्टेनसहित चार विदेशी नागरिकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 906
    SHARES

    काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

    काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर दुर्घटनामा परेको हो ।



    यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो।



    उक्त हेलिकप्टर सवार ५ जनाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ।

    चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको प्रहरीले जनाएको छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार