Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • कार्यदलले शीर्ष नेताहरुलाई बुझायो टीआरसी प्रतिवेदन

    कार्यदलले शीर्ष नेताहरुलाई बुझायो टीआरसी प्रतिवेदन

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 324
    SHARES

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले तयार पारेको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाएको छ।

    कार्यदलले आज सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्ष नेतालाई बुझाएको हो ।



    कार्यदलले एक साताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाइसकेको थियो ।



    गत बिहीबार तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो ।

    लामो समयदेखि विवादित रहेको द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भन्ने विषय टुंगिएपछि सहमति भएको हो ।

    कार्यदल सदस्यहरूले सहमतिको लिखित प्रतिवेदन एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाए ।

    शीर्ष नेताले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव दिएपछि समितिमार्फत अघि बढाएर जारी संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी रहेको कार्यदलले जनाएको छ ।

    कार्यदलमा गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (एमाले) का मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार