Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बागलुङ पहिरो : घाइतेहरुलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो

    बागलुङ पहिरो : घाइतेहरुलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 339
    SHARES

    फाइल तस्विर

    पोखरा । बागलुङको आरुपाटामा मंगलबार खसेको पहिरोमा परी गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

    बडिगाड गाउँपालिका-१० आरुपाटामा मंगलबार खसेको पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते भएका उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो ।



    प्रतिकुल मौसमका कारण मंगलबारै घाइतेलाई उपचारका लागि लैजान सक्ने अवस्था नभएपछि बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत गम्भीर घाइते ३ जनालाई शिक्षण अस्पताल पुर्‍याइएको हो।



    बडीगाड–१० आरुपाटामा सुरक्षित ठानेर आश्रय लिएकै घरमा पहिरो खस्दा ६ जनाले ज्यान गुमाएका थिए भने ४ जना अझै बेपत्ता छन् र ९ जना घइते छन् ।

    गम्भीर घाइते बनेका घरधनी जोगबहादुर बुढाको समयमै अस्पताल पुर्‍याउन नसक्दा साँझ मृत्यु भएको थियो ।

    सेनाको हेलिकप्टर मंगलबारै पुगेको भए पनि प्रतिकुल मौसमका कारण घाइतेलाई बडीगाड पुगेर काठमाडौं लैजाने अवस्था नबनेपछि बागलुङ सदरमुकामकै राखिएको थियो ।

    अहिले हेलिकप्टरमार्फत ३१ वर्षीया सीता थापा, १९ वर्षीया रिमा पुन र ४६ वर्षीय संगीता बुढालाई उपचारका लागि काठमाडौं पुर्‍याइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार