Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • मधेशमा बन्यो २० सदस्यीय ‘जम्बो’ मन्त्रिमण्डल !

    मधेशमा बन्यो २० सदस्यीय ‘जम्बो’ मन्त्रिमण्डल !

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 501
    SHARES

    काठमाडौं । जनमतको नेतृत्वमा रहेको मधेश सरकारमा अहिलेसम्मकै ठूलो मन्त्रिमण्डल बनेको छ ।

    पाँचजना राज्यमन्त्री थपिएसँगै मधेश सरकारमा अहिलेसम्मकै ‘जम्बो’ मन्त्रिमण्डल बनेको हो ।



    मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा एमाले, जनमत पार्टी र लोसपाबाट एक(एक राज्यमन्त्री थप गरेका हुन् ।



    १२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री नियुक्त भएका थिए ।

    मंगलबार पाँच राज्यमन्त्री थपिएपछि २० सदस्यीय मन्त्रिमण्डल बनेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो सरकारलाई कांग्रेस, एमाले र लोसपाले समर्थन गर्दै सरकारमा सहभागी भएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार