Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • सुदूरपश्चिमका डीआईजीहरु सहितको टोली किन पुग्यो मुख्यमन्त्री कार्यालय ?

    सुदूरपश्चिमका डीआईजीहरु सहितको टोली किन पुग्यो मुख्यमन्त्री कार्यालय ?

    अनलाइन नेपाल
  • मंगलबार, २२ साउन २०८१
  • 1.4K
    SHARES

    कैलाली । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहलाई नेपाल प्रहरी र सशस्त्रका डीआईजीसहितको टोलीले बधाई तथा शुभकामना दिएको छ ।

    मंगलबार मुख्यमन्त्रिको कार्यालय धनगढीमा आयोजित एक विशेष कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रबिन्द्र के.सी र सशस्त्रका डीआईजी दिपक अधिकारीसहितको टोलीले बधाई तथा शुभकामना दिएको हो ।



    सो अवसरमा डीआईजी के.सीले प्रदेशको शान्ति सुरक्षा, विपत व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धान र लागू औषध दुर्ब्यसनको वर्तमान अवस्थाबारे जानकारी गराएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।



    साथै मुख्यमन्त्री शाहले प्रदेशका समसामयिक विषयहरुमा आवश्यक निर्देशन दिँदै सबै सुरक्षा निकायलाई सहकार्य र समन्वयमा काम गर्न आग्रह गरे ।

    उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल ७ नम्बर बैद्यनाथ बाहिनी अत्तरिया, कैलालीका सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपक अधिकारी, राष्ट्रिय अनुसन्धान सुदूरपश्चिम प्रदेशका अनुसन्धान निर्देशक इन्द्रसिंह लामा, सशस्त्र प्रहरी बल बडीमालिका जवान तालिम शिक्षालय वनबेहडा, कैलालीका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक निर कृष्ण अधिकारी र सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका प्रमुख देवेन्द्र बहादुर पालको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार