विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई दलाल पुँजीपतिहरूले भुलभुलैयामा पारेको दाबी गरेका छन् ।
विराटनगरमा मंगलबार बसेको माओवादी कोशी प्रदेशको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले यस्तो बताएका हुन् ।
उनले आफू, पदाधिकारी तथा कार्यकर्ताहरू दलाल पुँजीपति र विभिन्न गिरोहका कारण प्रदूषित भएको पनि स्वीकार गरे ।
दलाल पुँजीपति र विभिन्न गिरोहले पार्टीलाई भुलभुलैयामा पारेको भन्दै उनले आत्मालोचना गरे ।
Leave a Reply