Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • जाजरकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

    जाजरकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २२ साउन २०८१
  • 189
    SHARES

    फाइल तस्विर

    जाजरकोट । जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

    मृत्यु हुनेमा जिप चालक भेरी नगरपालिका–६ गंगटियाका ३४ वर्षीय मानबहादुर वली रहेका छन्।



    मंगलबार दिउँसो ३ बजेको समयमा खंलगादेखि भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको थियो।



    दुर्घटनामा परेर एकै गाउँका १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

    जिप सडकबाट ४ चार सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार