सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ वरही वीरपुरनजिक धानखेतमा एक जनाको शव फेला परेको छ।
राजविराज–कुनौली सडक छेउको धान खेतमा सिरहाको लहान नगरपालिकाका ४५ वर्षीय पवनकुमार कर्णको शव फेला परेको हो ।
बिहान ७ः४५ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उनी स्थानीय निरज भट्टामा मुन्सीको रुपमा कार्यरत थिए ।
घटनास्थलभन्दा सय मिटर पर उनले काम गर्ने इट्टाभट्टा रहेको छ । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि सगरमाथा गजेन्द्रनारायाण हस्पिटलमा लगिएको छ ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Leave a Reply