Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • काभा महिला भलिबल : सेमिफाइनलमा आज इरानसँग भिड्दै नेपाल

    काभा महिला भलिबल : सेमिफाइनलमा आज इरानसँग भिड्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, २२ साउन २०८१
  • 426
    SHARES

    काठमाडौं । काभा महिला भलिबल नेसन्स कपको दोस्रो सेमिफाइनलमा आज नेपाल र इरान भिड्दै छन् ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार हुने दोस्रो सेमिफाइनल साँझ सवा ५ बजे सुरु हुनेछ।



    नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो ।



    आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । तर आज नेपाललाई हारको बदला लिने अवसर छ ।

    उता इरान भने नेपालविरुद्ध लिग चरणकै नतिजा दोहोराउने प्रयासमा हुनेछ। आजै हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंका भिड्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार