Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • दुई पार्टी मिलेर संविधान संशोधन गर्न सकिँदैन, अधिकार कटौती गर्न खोजे सडकमा आउँछौँ : प्रचण्ड

    दुई पार्टी मिलेर संविधान संशोधन गर्न सकिँदैन, अधिकार कटौती गर्न खोजे सडकमा आउँछौँ : प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 726
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वटा पार्टी मिलेर संविधान संशोधन गर्न नसकिने बताएका छन् ।

    सोमबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सो कुरा बताएका हुन् । उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संख्याले गर्दा संविधान र कानुन अनुसार संविधान संशोधन गर्न नसकिने बताए ।



    उनले जनताले प्राप्त गरेको समावेशिता र समानुपातिकको अधिकारलाई कटौती गर्ने प्रयास गरेमा विगत जस्तै पुनः सडकमा आउने चेतावनी दिए ।



    संविधान संशोधन गरेर जनताको अधिकार कटौती गर्न खोजिएकाले आफूहरूको आपत्ति रहेको उनको भनाई थियो ।

    अध्यक्ष प्रचण्डले संविधान संशोधनको पक्षमा आफूहरू रहेपनि जनताको अधिकार कटौती गर्न खोजिएकाले विरोध र आलोचना गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार