कैलाली । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला देवी साउँदले पदभार ग्रहण गरेकी छिन् ।
सोमबार प्रदेश प्रमुखको कार्यालय धनगढीमा पद तथा गोपनीयताको शपथ लिएसँगै साउँदले मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।
आइतबार नियुक्त सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका हुन् ।
Leave a Reply