Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • भारत पुगिन् शेख हसिना, बेलायत जान सक्ने सम्भावना

    भारत पुगिन् शेख हसिना, बेलायत जान सक्ने सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 1.2K
    SHARES

    एजेन्सी । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारत पुगेकी छन् ।

    भारतीय सञ्चार माध्यमका अनुसार हसिना चढेको जहाज भारतीय वायु सेनाको हिन्डनस्थित अड्डामा अवतरण भएको हो ।



    सोमबार बिहान सुरक्षा खतरा बढ्दै गएपछि हसिनाले राजीनामा दिएर बंगलादेश छाडेकी थिइन्।



    उनी सेनाको सी-१३० एयरक्राफ्ट, एजेएएक्स १४३१ कलसाइन भएको जहाज चढेर भारत आइपुगेकी हुन् । सोमबार साँझ ५स्३६ बजे उनी चढेको जहाज अवतरण भएको बताइएको छ ।

    हसिना भारतबाट बेलायत जाने सम्भावना छ। यद्यपि कहिले जाने भन्ने यकिन भइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार