Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए पद तथा गोपनीयताको शपथ

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 180
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।



    त्यस्तै, प्रदेश प्रमुख मियाँले नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबाट भएका मन्त्री तथा राज्यमन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।



    कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्रीको सपथ लिएका छन् ।

    त्यस्तै, हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्री र बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिएका छन् ।

    कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार