Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • विद्यार्थी राजनीतिबाट उदाएका नेता खड्का बने सुदूरपश्चिमको सामाजिक विकासमन्त्री

    विद्यार्थी राजनीतिबाट उदाएका नेता खड्का बने सुदूरपश्चिमको सामाजिक विकासमन्त्री

    पूर्ण बहादुर साउँद
  • सोमबार, २१ साउन २०८१
  • 2.2K
    SHARES

    कैलाली । नवनियुक्त सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काको जन्म अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ अर्थात साविक लुंग्रा गाविसमा भयो । उनको बाल्यकाल अछाममै बित्यो ।

    उनले आफ्नो प्रारम्भिक शिक्षा अछाममै पुरा गरेपछि आफ्नो उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसबाट पूरा गरे ।



    उनले राजनितिशास्त्रमा स्नातकोत्तर (एम.ए.) गरेका छन् । उनको राजनीतिक यात्रा २०३६ सालको जनमत संग्रहपछि सुरु भएको थियो, जब उनी माध्यमिक तहमा पढ्दै थिए ।



    बहुदलीय व्यवस्थाको पक्षमा उनले विभिन्न कार्यक्रमहरूमा संलग्नता जनाए । २०३७ सालमा उनी नेपाल विद्यार्थी संघ (ने.वि.संघ) को सदस्य बने र २०४१ सालमा कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.) का सभापति बने ।

    २०४२ सालमा नेपाली कांग्रेसद्वारा सञ्चालित सत्याग्रहमा संलग्न हुँदा उनलाई चार महिना भन्दा बढी समय कारागारमा नजरबन्द गरियो । २०४६ सालको जनआन्दोलनमा कठोर यातना सहित अछामको हिरासतमा १६ दिन जेलमा बिताए ।

    विद्यार्थी राजनीतिमा सक्रिय हुँदा, उनी कैलालीमा चार पटक हिरासतमा परेका थिए । २०६२÷६३ को जनआन्दोलनमा पनि उनले सक्रिय सहभागिता जनाए ।

    उनको राजनीतिक अनुभव र नेतृत्व क्षमता बिस्तारै बढ्दै गयो । २०४८ सालमा उनी कांग्रेस जिल्ला समिति सदस्य बने । नेपाली कांग्रेसको ९ औं महाधिवेशन देखि १४ औं महाधिवेशनसम्म उनी निरन्तर महासमिति सदस्य रहे ।

    २०५४ सालमा उनी जिल्ला विकास समिति (जि.वि.स.) सदस्य भए । २०६३ देखि २०६७ सम्म उनी नेपाली कांग्रेस अछामका पार्टी सभापति बने । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उनी सुदूरपश्चिम प्रदेश महामन्त्री बने ।

    २०७९ मंसिर ४ को निर्वाचनमा उनी अछाम क्षेत्र नं १(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए । लामो समयदेखि राजनीतिमा सक्रिय उनी २०७९ साल मंसिर ४ गतेको चुनावबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य बनेका थिए ।

    वि.सं. २०७० सालको संविधान सभाको चुनावमा पराजित खड्का २०७४ मा प्रदेश सभाको निर्वाचनमा पराजित हुन पुगे । उनी फेरि उनी २०७९ सालमा प्रदेशसभामा उम्मेदवार बने । उनले सो चुनावमा १२ हजार ३३७ ल्याएर विजयी हासिल गरे ।

    उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार देवबहादुर कुँवरले ६ हजार ४९७ मत मात्रै प्राप्त गरेका थिए । खड्का ५ हजार २६० मतान्तरले विजयी भए । त्यसपछि उनलाई अछामी जनताले प्रदेशको मुख्यमन्त्रीको रुपमा हरेका थिए ।

    तर उनले पटक पटक सरकार गठन हुँदा पनि मुख्यमन्त्री र मन्त्रीका लागि मरिहत्ते गरेनन् । उनी पार्टीको प्रदेश महामन्त्री रहेर काम गरिरहे भने प्रदेशसभामा जनताका समस्या जोडदार उठाइरहेँ ।

    तर यसपटक भने केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै निष्ठावान् नेताका रुपमा छवि बनाएका मेघराज पहिलोपटक मन्त्री बने । उनले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाए ।

    पटक पटक अन्यायमा परेका उनलाई यसपटक पार्टीले पनि न्याय ग¥यो । जसकारण उनले मन्त्री बन्ने सौभाग्य पाए । अब उनी मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारमा रहेर सामाजिक विकास मन्त्रालयको कमाण्ड हाक्नेछन् ।

    उनले आफ्नो जीवनलाई जनताको सेवा र न्यायको पक्षमा समर्पित गरेका छन् । उनको राजनीतिक यात्रा प्रेरणादायक छ र उनको योगदानले सुदूरपश्चिम प्रदेशको सामाजिक र राजनीतिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार