Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • जीप दुर्घटनामा घाइते पुरूषको उपचारका क्रममा मृत्यु

    जीप दुर्घटनामा घाइते पुरूषको उपचारका क्रममा मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 312
    SHARES

    फाइल तस्विर

    दाङ । दाङमा जीप दुर्घटनामा घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ ।

    दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा सल्यानको त्रिवेणी गाउँपालिका-३ टाड्केका ४६ वर्षीय यमबहादुर केसीको उपचारका क्रममा मृत्यु भएको हो ।



    उनको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । टाउको र छातिमा गम्भीर चोट पटक लागेका उनलाई उपचारका क्रममा गएराति करिब पौने ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।



    आइतबार बेलुकी साढे ७ बजेतिर तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आफै अनियन्त्रित भइ शान्तिनगर गाउँपालिका – १ हाँडीचारमा दुर्घटना भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार