Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • दाङमा यात्रुवाहक जीप दुर्घटना

    दाङमा यात्रुवाहक जीप दुर्घटना

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 288
    SHARES

    फाइल तस्विर

    दाङ । दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

    आइतबार साँझ तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको जीप शान्तिनगर-१ हाँडिचारमा दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।



    इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार रा १ ज ७७० नम्बरको जीप दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।



    उनको टोउको र छातीमा चोट लागेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

    जीप आफैँ अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको र दुर्घटनापश्चात चालक फरार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार