Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 588
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

    जसको प्रभावले आज बिहान कोशी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा छ ।



    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।



    आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। त्यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षा हुने महाशाखाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार