काठमाडौं । काभा महिला नेसन्स भलिबल लिगमा इरानले नेपाललाई हराएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा रहेको कभर्ड हलमा सम्पन्न रोमाञ्चक खेलमा इरानले नेपालविरुद्ध ३–२ को सेटमा जित निकालेको हो ।
इरानले नेपाललाई २५–१६, १६–२५, २५–२३, १५–२५, १५–१३ ले हराएको हो ।
साउन १७ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल पाँच टिमको सहभागिता छ ।
Leave a Reply