Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • विद्युत् प्राधिकरण सञ्चालक समितिको सदस्यमा गुरुङ र कार्की नियुक्त

    विद्युत् प्राधिकरण सञ्चालक समितिको सदस्यमा गुरुङ र कार्की नियुक्त

    अनलाइन नेपाल
  • आइतबार, २० साउन २०८१
  • 207
    SHARES

    काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र पूर्वसहसचिव महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले प्राधिकरणको सञ्चालक सदस्यमा कार्की र गुरुङलाई नियुक्त गरेको हो ।



    मन्त्रीस्तरीय निर्णयबाट कार्की र गुरुङलाई प्राधिकरणको सञ्चालक समितिका सदस्यमा शुक्रबार नै नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।



    मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार नै प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएको थियो ।

    आचार्य र पुनले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका थिए ।

    डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्न नहुने भन्दै अडान लिएका आचार्य र पुनलाई साउन १५ मा लिखित स्पष्टिकरण माग गरिएको थियो ।

    साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए । सोही दिन उर्जामन्‍त्री दीपक खड्काले उनीहरूलाई सञ्चालक समिति सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार