Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • ऊर्जामन्त्रीले बर्खास्त गरेका प्राधिकरणका दुई सदस्यलाई घिसिङले बोलाए बैठकमा

    ऊर्जामन्त्रीले बर्खास्त गरेका प्राधिकरणका दुई सदस्यलाई घिसिङले बोलाए बैठकमा

    अनलाइन नेपाल
  • आइतबार, २० साउन २०८१
  • 753
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले पदमुक्त भएका प्राधिकरणको सञ्चालक समितिका दुबै जना सदस्यलाई बैठकमा बोलाएका छन्।

    ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले हटाएका सदस्यहरू भक्तबहादुर पुन र कपिल आचार्यलाई सञ्चालक समितिले बैठकमा बोलाएको हो।



    शुक्रबार नै मन्त्री खड्काले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगीको लाइन नजोड्ने अडान लिएका सञ्चालक समिति सदस्यद्वय पुन र आचार्यलाई पदबाट हटाउने निर्णय गरेका थिए ।



    अर्कोतर्फ, नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशकसमेत रहेका सञ्चालक समितिका सदस्यसचिव रहेका घिसिङले आइतबार साढे ४ बजे बैठकका लागि पुन र आचार्यलाई पनि बोलाएका छन्।

    उनीहरूले डेडिकेटेड तथा ट्रंक लाइन विवाद सुल्झाउन सरकार र विद्युत नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै ऊर्जामन्त्री खड्काले पदबाट हटाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार