Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्यद्धय पुन र आचार्य बर्खास्त

    विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्यद्धय पुन र आचार्य बर्खास्त

    अनलाइन नेपाल
  • आइतबार, २० साउन २०८१
  • 372
    SHARES

    काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई पदमुक्त गरेको छ ।

    ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गरेको हो।



    उनीहरुले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका थिए । उनीहरू नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका थिए ।



    डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै गत १६ साउनमा दुवै जनालाई मन्त्री खड्काले स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।

    साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए ।

    सोही दिन उनीहरूले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै १८ साउनमा मन्त्री खड्काले दुवै जनालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।

    स्पष्टिकरण चित्त नबुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै उनीहरूलाई सोही दिन हटाउने निर्णय भएको ऊर्जा मन्त्रालयले जनाएको छ।

    ७ साउनमा प्राधिकरण सञ्चालक समितिको बैठकले यो विवादमा विद्युत् काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेको थियो । सो निर्णयमा सञ्चालकद्वय पुन र आचार्यले भने फरक मत (नोट अफ डिसेन्ट) लेखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार