Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहको दाबी पेस

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहको दाबी पेस

    अनलाइन नेपाल
  • आइतबार, २० साउन २०८१
  • 249
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दल नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन्।

    कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् ।



    एमालेको समर्थनमा शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।



    प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।

    शाह यससँगै दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका छन् । उनले यसअघि १४ महिना नेतृत्व गरेर राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार