Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • तीन घन्टाको अवरोधपछि खुल्यो तुलसीपुर-घोराही सडक

    तीन घन्टाको अवरोधपछि खुल्यो तुलसीपुर-घोराही सडक

    अनलाइन नेपाल
  • आइतबार, २० साउन २०८१
  • 216
    SHARES

    दाङ । टिप्परको ठक्करबाट मृत्यु भएपछि स्थानीयले अवरूद्ध गरेको तुलसीपुर-घोराही सडक तीन घन्टापछि खुलेको छ।

    मृतकका आफन्त र टिपर व्यवसायी समितिबीच छलफलपछि अवरूद्ध सडक खुलाउने सहमति भएको हो।



    शुक्रबार बेलुका घोराहीको अम्राईनजिक सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालक घोराही-१५ का ३९ वर्षीय गम्भीर घाइते भएका थिए।



    उपचारको क्रममा शनिबार बिहान उनको मृत्यु भएपछि स्थानीयले सडक अवरूद्ध गरेका थिए।

    टिपर चालकलाई कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बिहान ८ बजे अघिदेखि सडक अवरूद्ध गरेका थिए।

    शुक्रबार बेलुका सवा ८ बजेतिर बस्नेत सवार बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई लु २ ख ५०८५ नम्बरको टिप्परले घोराही – १० अम्राई नजिकै ठक्कर दिएको थियो।

    बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार