Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • काभा महिला भलिबल : आज नेपाल र इरान भिड्दै

    काभा महिला भलिबल : आज नेपाल र इरान भिड्दै

    अनलाइन नेपाल
  • आइतबार, २० साउन २०८१
  • 471
    SHARES

    काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदैछ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ ।



    शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि नेपालले ऐतिहासिक जित निकालेको थियो ।



    यसअघि नेपालले श्रीलंकालाई सोझो सेटमा पराजित गरेको थियो । नेपाल आफ्नो अपराजित यात्रा कायमै राख्न चाहान्छ ।

    इरान भने घरेलु टोली नेपाललाई स्तब्ध पार्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लने लक्ष्यसहित मैदानप्रवेश गर्नेछ । लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार