Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • ताप्लेजुङ कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

    ताप्लेजुङ कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

    अनलाइन नेपाल
  • आइतबार, २० साउन २०८१
  • 486
    SHARES

    फाइल फोटो

    ताप्लेजुङ । जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन्। करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएका छन् ।

    जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ कैदीबन्दीलाई राखिएको छ ।



    कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा झेलिरहेका छन् भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र चोरी मुद्दाका छ, लागुऔषधका छ र सवारी दुर्घटना गराएका तीनजना कैदीबन्दी छन् ।



    विसं १९९२ मा २५ जना कैदीबन्दी अटाउने गरी निर्माण गरिएको कारागार तीन रोपनी क्षेत्रफलमा फैलिएको छ। यहाँ साना–ठूला ९ वटा घर छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार