Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • वैदेशिक रोजगारीमा जानेको आबद्धता १० लाख नाघ्यो

    वैदेशिक रोजगारीमा जानेको आबद्धता १० लाख नाघ्यो

    अनलाइन नेपाल
  • आइतबार, २० साउन २०८१
  • 489
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जानेको सामाजिक सुरक्षा कोषमा आबद्धताको सङ्ख्या १० लाख नाघेको छ । वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जानेलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अनिवार्य गरेको छ ।

    सामाजिक सुरक्षा कोषका अनुसार कोषमा २०७९ चैत ८ गतेदेखि २०८१ साउन १८ गतेसम्म १० लाख ११ हजार ८०५ जना आबद्ध भएका छन् तर निरन्तरता दिनेको सङ्ख्या असाध्यै कम छ ।



    वैदेशिक रोजगारीमा जानेलाई अनिवार्य गरिएकाले श्रम स्वीकृति लिनुपूर्व हरेक श्रमिकले कोषमा दुई हजार तीन सय रुपियाँ हुनु पर्छ ।



    सो अवधिसम्म आबद्ध भएका १० लाख लाख दुई हजार ४६६ जनाबाट कोषमा जम्मा भएको रकम दुई अर्ब ३२ करोड ७१ लाख ५१ हजार पाँच सय रुपियाँ जम्मा हुन आउँछ । कोषमा हाल जम्मा भएको रकम हेर्दा पनि कसैले पनि एक पटकभन्दा बढी रकम जम्मा गरेको देखिँदैन ।

    कोषका निर्देशक एवं प्रवक्ता विवेक पन्थीले वैदेशिक रोजगारीमा कोषमा आबद्ध हुन अनिवार्य गरिएकाले एक पटक गर्नेको सङ्ख्या धेरै भए पनि यसमा निरन्तरता दिनेको सङ्ख्या असाध्यै कम भएको बताए । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार