Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सोमालियामा अल–शबाबको आक्रमणमा परी ३२ जनाको मृत्यु

    सोमालियामा अल–शबाबको आक्रमणमा परी ३२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १९ साउन २०८१
  • 360
    SHARES

    फाइल तस्विर

    एजेन्सी । सोमालियाको राजधानी मोगादिशुमा अल–शबाबले गरेको आत्मघाती आक्रमणमा परी ३२ जनाको मृत्यु भएको छ ।

    अल–कायदासँग सम्बन्धित जिहादीले १७ वर्षदेखि सरकार विरुद्ध विद्रोह गर्दै आएका छन् ।



    आक्रमणमा परी कयौँ घाइते भएको सोमालियाको प्रहरीले जनाएको छ ।



    आक्रमण पछि सार्वजनिक गरिएको भिडियोमा सडक तथा समुद्र तटमा रगतले लतपतिएका शवहरू देखाइएको थियो ।

    आक्रमणमा परी ३२ जनाभन्दा बढी सर्वसाधारणको मृत्यु हुनुका साथै ६३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    आक्रमणकारीले नागरिकलाई लक्षित गरी गरेको विस्फोटले आक्रमणकारीको निशानामा सरकारी केन्द्र, सैनिक र अधिकारी मात्र नभई नागरिक पनि परेका छन् भन्ने प्रष्ट भएकोे प्रहरी प्रवक्ता हसनले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार