Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • काभा महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

    काभा महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

    अनलाइन नेपाल
  • शनिबार, १९ साउन २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतलाई पराजित गरेको छ ।

    त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले भारतलाई ३/२ को सेटमा पराजित गरेको हो ।



    खेलमा नेपालले पहिलो सेट २५-१८ ले जितेको थियो। दोस्रो सेटमा भारत २५-१२ ले जितेसँगै खेल १-१ को स्थितिमा आयो।



    तेस्रो सेटमा नेपालले २५- १७ ले जित्यो भने चौथो सेटमा भारत २५-१८ ले विजयी भयो।

    निर्णायक पाँचौ सेट १५-१३ ले विजयी भएसँगै नेपालले ऐतिहासिक जित निकाल्यो।

    अब नेपालले तेस्रो खेलमा आइतबार इरानसँग खेल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार