Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • महसुल नतिर्दा लाइन काटेको भन्दै विद्युत् प्राधिकरणका कर्मचारीमाथि कुटपिट

    महसुल नतिर्दा लाइन काटेको भन्दै विद्युत् प्राधिकरणका कर्मचारीमाथि कुटपिट

    अनलाइन नेपाल
  • शनिबार, १९ साउन २०८१
  • 279
    SHARES

    सङ्खुवासभा । नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुई जना कर्मचारीमाथि कुटपिट भएको छ ।

    विद्युत् महसुल नतिरेपछि लाइन काटिएको र लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको हो । इञ्चार्ज राजकुमार राई र प्रदीप जिमीमाथि यही साउन १५ गते कुटपिट भएको थियो ।



    कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको छ ।



    विद्युत् महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गाली गलौज, हातपात तथा कुटपिट भएको थियो ।

    स्थानीय लिङ्थेपको क्रशर उद्योगले छ लाख ४० बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार