Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • उपप्रधानमन्त्री सिंहले भने – राजनीतिक स्थायीत्वका लागि कांग्रेससँग मिलेर सरकार बनायौँ

    उपप्रधानमन्त्री सिंहले भने – राजनीतिक स्थायीत्वका लागि कांग्रेससँग मिलेर सरकार बनायौँ

    अनलाइन नेपाल
  • शनिबार, १९ साउन २०८१
  • 318
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र सुधारका लागि कांग्रेस र एमाले मिलेको बताएका छन्।

    नेपाली कांग्रेस काठमाडौंले गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।



    उपप्रधानमन्त्री सिंहले भने, ‘राजनीतिक स्थायीत्व र स्थिरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ । जिम्मेवारी ठुलो छ । त्यसमा तपाईहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ ।’



    उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थायीत्वको जगमा अर्थतन्त्र सुधारका लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपरेको बताए।

    उनले यसअघि छिटो छिटो सरकार परिवर्तन हुँदा अस्थिरता भएको भन्दै राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार