Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • धार्चेको पहिरोमा बेपत्ता युवकको शव भेटियो

    धार्चेको पहिरोमा बेपत्ता युवकको शव भेटियो

    अनलाइन नेपाल
  • शनिबार, १९ साउन २०८१
  • 318
    SHARES

    गोरखा । गोरखाको पहिरोमा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ।

    धार्चे गाउँपालिका –५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको हो।



    आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव शनिबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



    परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको हो।

    ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बसेका थिए।

    सोही क्रममा राति गएको पहिरोमा परेर उनी बेपत्ता भएका थिए। गत आइतबार रेसेमा गएको भीषण पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार