Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • ओलम्पिकमा फ्रान्सले अर्जेन्टिनालाई हराएपछि मैदानमै झगडा

    ओलम्पिकमा फ्रान्सले अर्जेन्टिनालाई हराएपछि मैदानमै झगडा

    अनलाइन नेपाल
  • शनिबार, १९ साउन २०८१
  • 1.6K
    SHARES

    एजेन्सी । जारी पेरिस ओलम्पिकमा फ्रान्सले अर्जेन्टिनालाई पराजित गरेको खेलमा विवाद भएको छ ।

    फ्रान्सेली पुरुष फुटबल टोलीले क्वार्टरफाइनलमा अर्जेन्टिनालाई १-० ले हराएपछि विवाद भएको हो ।



    खेलको अन्तिम सिट्टी पछि, दुई राष्ट्रका खेलाडी र प्रशिक्षकबीच झगडा भएको बताइएको छ । उनीहरुबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो । तर कारण भने पुरानै भएको खुलेको छ ।



    कोपा अमेरिका जितेपछि अर्जेन्टिनी एक खेलाडीले फ्रान्सेली खेलाडीहरूप्रति जातीय नारा गाउँदै रेकर्ड गरेको भिडियोमा सार्वजनिक भएको थियो ।

    सो कारण यो विवाद भएको हो । यसैबीच फ्रान्सका मुख्य प्रशिक्षक थियरी हेनरीले घटनाबारे माफी मागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार