एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।
पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गर्दै उनी औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार बनेकी हुन् ।
ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताइन् ।
कमला ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् ।
Leave a Reply