Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ओली सरकारका राज्यमन्त्री अरुण : राष्ट्रपति विद्याबाट आममाफी, रामचन्द्रबाट मन्त्री !

    ओली सरकारका राज्यमन्त्री अरुण : राष्ट्रपति विद्याबाट आममाफी, रामचन्द्रबाट मन्त्री !

    अनलाइन नेपाल
  • शनिबार, १९ साउन २०८१
  • 1.8K
    SHARES

    कैलाली । नागरिक उन्मुक्ति पार्टीबाट अरुण चौधरीले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी पाए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री थपेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा चौधरीलाई नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी दिइयो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको सिफारिसमा उनी राज्यमन्त्री बनेका हुन् । चौधरी ट्र्याक्टर आगजनी घटनामा जेल परेर छुटेका व्यक्ति हुन् ।



    कैलालीको गोरांगा खोलाबाट ०६६ भदौ ३ मा ढुंगा लिएर लम्की आउँदै गरेको लु२त २११ नम्बरको ट्र्याक्टरमा आगजनी गरेको भन्ने उजुरी परेपछि प्रहरीले अनुसन्धान गरेर ०६७ भदौ २ मा अरुणकुमार चौधरी, परशुराम चौधरी र वीरबहादुर चौधरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।



    उक्त मुद्दामा न्यायाधीश विष्णु सुवेदीको इजलासले ०७० वैशाख ९ मा फैसला गर्दै ६ महिना कैद र ८ लाख १९ हजार ४ सय २३ रुपैयाँ बिगो सजाय तोकेको थियो । त्यसपछि अरुणकुमार बिगो, जरिवाना र कैद भुक्तान नगरी फरार रहेका थिए ।

    फरार रहेकै अवस्थामा उनी ०७९ मा सांसद बनेपछि अरुणकुमारलाई प्रहरीले ०७९ माघ १८ मा बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो । पक्राउ परेको भोलिपल्ट जिल्ला अदालत कैलालीले अरुणकुमारलाई पूर्ववत् फैसलाअनुसार ६ महिनाका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।

    तर, एक महिना नबित्दै मन्त्रिपरिषद्को सिफारिसमा ०७९ फागुन ७ मा प्रजातन्त्र दिवसका अवसरमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा पाएका थिए ।

    तर अहिले राष्ट्रपति रामचन्द्र पौडेलले राज्मन्त्रीमा नियुक्त गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री चौधरी कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार