Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • तीन दिनपछि सञ्चालनमा आयो कालीगण्डकी कोरिडोर

    तीन दिनपछि सञ्चालनमा आयो कालीगण्डकी कोरिडोर

    अनलाइन नेपाल
  • शुक्रबार, १८ साउन २०८१
  • 393
    SHARES

    फाइल तस्विर

    बागलुङ । तीन दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ ।

    मंगलबार साँझदेखि परेको भारी वर्षापछि बागलुङ नगरपालिका–१०, दब्ल्याङमा खसेको पहिरोको कारण कोरिडोर पूर्णरूपमा अवरुद्ध भएको थियो ।



    मेसिन र कामदार लगाएर पहिरो पन्छाएपछि करिडोर सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।



    कोरिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दुरीका सवारी साधन रोकिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार