Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • लागूऔषधसहित अछामबाट तीनजना पक्राउ

    लागूऔषधसहित अछामबाट तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ साउन २०८१
  • 453
    SHARES

    अछाम । अछाममा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अरुण जंग टेलर, गोरे चलाउने र कलम शाही रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय खछामका अनुसार बिहीबार अस्थायी प्रहरी पोष्ट ठुलासेनबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलसेन नगरपालिका वडा नं. ६ ठुलासैनस्थित सडक खण्डमा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ५ स्थायी घर भएका टेलरलाई पक्राउ गरिएको हो ।



    उनी मंगलसेन नगरपालिका वडा नं. ५ मंगलसेन बजारमा बस्दै आएका थिए । उनको शरीरको खान तलासी गर्ने क्रममा १.५४० ग्राम लागूऔषध (चरेश) जस्तो देखिने कालो ठोस पदार्थ फेला अछाम प्रहरीका सूचना अधिकारी जय पार्कीले जानकारी दिए ।



    यस्तै बिहीबार नै अस्थायी प्रहरी पोष्ट गैरीटाँड र जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले गैरी टाँड बजारमा पसल गरि बस्ने चलाउने र बिरपथ घरभई गैरीटाँड बजारमा तरकारी र खुद्रा पसल गरि बस्ने शाहीलाई पक्राउ गरेको हो ।

    चलाउनेले संचालन गर्दे आएको नेत्र कोल्ड स्टोरको कोठा भित्र पट्टीको छतमा रहेको काठको (ज्वा) भित्र लुकाई छिपाई अवस्थामा राखेको लागूऔषध चरेश जस्तो देखिने कालो ठोस पदार्थ १३२ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

    यस्तै शाहीको तरकारी र खुद्रा पसल सञ्चालन गरेको पसलको कोठाभित्र रहेको खटियाको बिस्तरा मुनी लुकाई छिपाई अवस्थामा राखेको ११४ ग्राम लागूऔषध फेला परेको सूचना अधिकारी पार्कीले जानकारी दिए । उनी तिनै जनामाथि अछाम प्रहरी अनुसन्धान थालेको छ ।

    नयाँ हाकिम आएसँगै अछाम प्रहरीले सक्रियता देखाएको छ । केही हप्ताअघि डीएसपी इश्वरी प्रसाद भण्डारीले अछामको कमाण्ड सम्हालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार