Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • हेटौंडाबाट १० किलो चरेससहित दुई जना पक्राउ

    हेटौंडाबाट १० किलो चरेससहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ साउन २०८१
  • 222
    SHARES

    हेटौंडा । प्रहरीले १० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

    उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडाबाट पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ का २६ वर्षीय हरि गौरव र नवलपरासी पण्डितपुर बनगरिया गाउँपालिका-१ का ४३ वर्षीय अनिल भर चौधरी रहेका छन् ।



    प्रहरीले पूर्व-पश्चिम सडक खण्डमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ५८३९ नंको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा झोलाभित्र लुकाएर ल्याएका चरेससहित उनीहरुलाई पक्राउ गरेको थियो ।

    उनीहरुले झोलाभित्र कार्टुन टेपले बेरी चारपाटे आकारमा लुकाइछिपाई गरी राखिएको अवस्थामा १० किलो २५० ग्राम चरेस प्रहरीले बरामद गरेको थियो ।

    अनिल भर चौधरी र हरि गौरवलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार