Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • एकैघरका तीन जनामा हैजाको संक्रमण पुष्टि

    एकैघरका तीन जनामा हैजाको संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १८ साउन २०८१
  • 576
    SHARES

    प्युठान । प्युठानमा एकैघरका ३ जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।

    जिल्लाको गौमुखी गाउँपालिका-५ का ७१ वर्षीया लक्षमीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्ललाई हैजा पुष्टि भएको हो ।



    जिल्ला अस्पताल प्युठानमा भएको परीक्षणमा ३ जनामा हैजा पुष्टि भएको बताईएको छ ।



    गौमुखीका ८ जना व्यक्तिमा झाडापखाला देखिएको र त्यसमध्ये ३ जनालाई हैजाको संक्रमण देखिएको हो ।

    हैजाको संक्रमण देखिएका ३ सहित ५ जनाको जिल्ला अस्पतालमा र अन्यको गौमुखीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार