कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिँदैछन् । जसका लागि अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
प्रदेश सभाबाट विश्वासको मत लिने विषयको पत्र बुधबार सोडारीले प्रदेश सभा सचिवालय पठाएका थिए।
संघमा कांग्रेस र एमालेको सरकार बनेपछि सुदूरपश्चिममा पनि एमालेले असार २० प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए।
यद्यपि मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने निश्चित छ। किनकि उनीसँग माओवादीका १०, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र १ स्वतन्त्र सांसद गरी १५ सांसदको मात्रै समर्थन छ।
विश्वासको मत प्राप्त गर्न न्युनतम २७ सांसदको समर्थन आवश्यक रहन्छ।
Leave a Reply