काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्योगमा जस्तै सडक बत्तीको लाइन काटे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका मुल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्नसक्ने आशंका व्यक्त गर्दै मेयर महर्जनले यस्तो चेतावनी दिएका हुन् ।
मेयर महर्जनले स्थानीय सरकारको गठन पश्चात शहरी व्यवस्थापनका सन्दर्भमा उपत्यका भित्रका सार्वजनिक सडक, सम्पदा, पर्यटकीय स्थल लगायतका सार्वजनिक स्थलहरुमा सुन्दरता र सुरक्षा व्यवस्थापन कायम गर्न सडक बत्ती तथा सीसीटिभी व्यवस्थापन स्थानीय सरकारबाट हुँदै आएको बताए ।
काठमाडौं उपत्यका भित्र पर्ने राजमार्ग, चक्रपथ लगायतका अधिकांश मुल सडकहरूमा जडान भएका सडक बत्तीहरुको बील समेत स्थानीय सरकारको बिलमा समावेश गरिएको भन्दै केन्द्रिय सरकार तथा प्रदेश सरकारको मातहतमा रहेका उक्त सडक तथा आयोजनाहरूमा जडित सडक बत्तीहरूको महसुलको विषय केन्द्रीय सरकार र प्रदेश सरकारकै दायित्वभित्र पर्ने बताए ।
Leave a Reply