Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • बेचन पक्राउ गर्ने डीआईजी केसीलाई राम्रो ठाउँमा खटाएको गृहमन्त्रीको दाबी

    बेचन पक्राउ गर्ने डीआईजी केसीलाई राम्रो ठाउँमा खटाएको गृहमन्त्रीको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, १७ साउन २०८१
  • 885
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरीको सरुवा सामान्य र नियमित प्रक्रिया भएको बताएका छन्।

    राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राखेको छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।



    गृहमन्त्री लेखकले डीआईजी मनोज केसीको दुई महिनामै सरूवा गरिएको विषयलाई बचाउ गर्दै प्रहरी कर्मचारी सरूवा गर्ने निरन्तर चलिरहने प्रक्रिया भएको बताए ।



    गृहमन्त्री लेखकले डीआईजी केसी योग्य भएकै कारणले प्रहरीलाई तालिम दिने ठाउँमा पठाइएको बताए।

    गृहमन्त्री लेखकले भने,‘जुन पदको सरूवाको कुरो छ- उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नु भएको छ। किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि! प्रहरी राम्रो बनाउनु पर्‍यो। अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो?’

    नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा र प्रतीक थापालाई पक्राउ गर्नमा डीआईजी केसीको भूमिका थियो।

    थापा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा हुन्। दुई जनालाई प्रहरीले असार १४ गते शुक्रबार पक्राउ गरेको थियो।

    तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणसमेत मुछिएको यस मुद्दाको अनुसन्धान गर्दा मनोज केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख थिए।

    उनकै नेतृत्वको टोलीले खाणलाई गत वर्ष वैशाख २७ गते काठमाडौंस्थित निवासबाट पक्राउ गरेको थियो।

    डीआईजी केसीले प्रतीक  र बेचनलाई पक्राउ गरेपछि विशेष ब्यूरोमा आएको दुई महिना नपुग्दै उनको सरुवा भएको आरोप लाग्दै आएको छ

    नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका डीआईजी केसीलाई गत बुधबार गृहमन्त्री लेखकले प्रहरी प्रशिक्षण तालिम केन्द्र महाराजगन्जमा सरूवा गरेका थिए।

    डीआईजी केसी विशेष ब्युरोमा गएको दुई महिना पनि भएको थिएन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार