Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • बलात्कार मुद्दाका कैदी अहमद कोशी अस्पतालबाट फरार

    बलात्कार मुद्दाका कैदी अहमद कोशी अस्पतालबाट फरार

    अनलाइन नेपाल
  • बिहिबार, १७ साउन २०८१
  • 465
    SHARES

    फाइल फोटो

    विराटनगर । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार भएका छन्।

    बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय मोहमद अहमद अस्पतालबाटै फरार भएका हुन् ।



    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएका हुन् ।



    शौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएका थिए।

    जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो ।

    पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार