एजेन्सी । म्यान्माको सेनाप्रति बफादार (जुन्टा) ले संकटकाल छ महिनाका लागि लम्ब्याएको छ ।
सरकारले संकटकालको अवधि थप छ महिनाका लागि विस्तार गर्ने सर्वसम्मतिले निर्णय गरेको हो ।
सेनाले सन् २०२० को चुनावमा धोखाधडीको आरोप लगाएर सन् २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई सैन्य ‘कु’मार्फत हटाएर सत्ता कब्जा गरेको थियो ।
स्थापित जातीय अल्पसङ्ख्यक सशस्त्र समूह र नयाँ प्रजातन्त्र समर्थक ‘पिपुल्स डिफेन्स फोर्स’ द्वारा जुन्टा विरुद्धको सशस्त्र विरोधलाई दमन गर्न सङ्घर्ष गर्दा संकटकाल धेरै पटक विस्तार गरिएको हो ।
Leave a Reply