Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रपति पौडेलले गरे तीन प्रदेश प्रमुख नियुक्त

    राष्ट्रपति पौडेलले गरे तीन प्रदेश प्रमुख नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 399
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन प्रदेश प्रमुखहरुलाई नियुक्त गरेका छन् ।

    राष्ट्रपति पौडेलले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखहरुलाई नियुक्त गरेका हुन् ।



    राष्ट्रपति पौडेलले बुधबार बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेका छन् ।



    राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को साउन १४ गतेको निर्णय र सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखहरू नियुक्त गरेका हुन्।

    त्यस्तै, बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियार बुधबार पदमुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार